लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि दावी पेस
काठमाडाैं | पुस २७, २०७९
बुटवल: नेकपा एमाले लुम्विनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले आज नयाँ सरकारका लागि दावी पेस गर्नुभएको छ ।
सत्ता साझेदार दलका नेताहरु आज दिउँसो लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि दावी पेस गर्न प्रदेश प्रमुखको कार्यालय बुटवल जानुभएको हो ।
सत्ता साझेदार दलहरुले सात दलको समर्थमा ५८ सांसदको हस्ताक्षरसहित लुम्बिनी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता लिला गिरीको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेस गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि बुधबार ४ बजेसम्मको समयसीमा दिनुभएको थियो ।
लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३–३ र नागरिक उन्मुक्तिसँग ४ सिट छन् । त्यसैगरी, स्वतन्त्र दुई सांसदले पनि सत्तारुढ दललाई समर्थन गरेका छन् ।
लोसपाका तीन सांसदले समेत नयाँ सरकार बनाउन हस्ताक्षर गरेपछि सांसदको संख्या ५८ पुगेको हो । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

